सवारी दुर्घटना न्युनिकरण गर्न रामेछापमा चालकको स्वास्थ्य परीक्षण



२७ भदौ, रामेछाप ।
रामेछाप जिल्लाभित्र सञ्चालन हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयको पहलमा चालकहरुको स्वास्थ्य परीक्षण गर्ने कार्य अघि बढाइएको छ । सवारी चालकको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन रामेछाप सामुदायिक अस्पतालको सहयोगमा ट्राफिक प्रहरीले चालकहरुको स्वास्थ्य परीक्षणको कामलाई अभियानकै रुपमा अघि बढाएको हाे ।

खिम्ती-मन्थली-सेलेघाट हुँदै सञ्चालन हुने सवारी चालकहरुकाे स्वास्थ्य परीक्षण गर्ने कार्यलाई अभियानको रुपमा अघि बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दिपक चौलागाईले बताए । उनका अनुसार भदौ महिनामा मात्र ५१ जना भन्दा बढी सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । सडकमै डेक्स स्थापना गरेर चिकित्सकहरुले सवारी चालकहरुको सुगर र प्रेसर लगायतको परीक्षण गर्ने गरेका छन्

प्रतिक्रिया दिनुहोस्