रामेछाप जिल्लालाई चिनाउने घुमौ रामेछाप गीत सार्वजनिक (भिडिओ सहित)



२९ पुस, रामेछाप ।
रामेछाप जिल्लाको पहिचान झल्काउने गरी तयार पारिएको घुमौ रामेछाप गीत सार्वजनिक भएको छ । रामेछाप जिल्लाको आठ वटा स्थानीय तहमा रहेका ऐतिहासिक धार्मिक, सांस्कृतिक र प्राकृतिक पक्षलाई समावेश गरेर तयार पारिएको गीत सर्वाजनिक गरिएको हो । जिल्लाकोभित्र रहेको पर्यटकीय क्षेत्रको थप प्रचार प्रसार गरी आन्तरिक एवं बाह्य पर्यटक प्रबद्र्धन गर्ने गरी रामेछाप सुनापति गाउँपालिका–१ गुन्सी निवासी गायक नकुल गौतमले घुमौ रामेछाप बोलको गीत तयार गरेका हुन् । यस गीतमा गायक नकुल गौतम रहेका छन भने पार्वती कार्कीको रहेको छ । नकुल गौतमको लय र गायक कुमार कार्कीको शब्दमा सजिएको गीतको भिडियोमा आयुष्मा कार्की, नबिन गौतम, कुमार कार्की र नकुल गौतमको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियोलाई निर्देशन मिलन श्रेष्ठले निर्देशन गरेका हुन् भने कोरियोग्राफी राजाराम सिम्खडा, छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गरेका छन् । गीतलाई मिलन फिल्म्स प्रडक्सन युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्