रामेछापमा मोटरसाइकल दुर्घटना हुँदा नेपालीकाे निधन



३ वैशाख, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ३ भिरपानीमा मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ । तिल्पुङबाट काठमाण्डौ जादै गरेको बा.८९प. ४३८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई सडकबाट ५० मिटर तल खस्न गई दुर्घटना हुँदा मन्थली नगरपालिका वडा नम्बर २ कठजोर बस्ने २६ बर्षिय अशोक नेपालीको ज्यान गएको हो । मोटरसाइकल दुर्घटनामा परी घाइते भएको दोलखा मेलुंङ गाउँपालिका वडा नम्बर २ घ्याङका ३० बर्षिय सन्जित दर्जीको सिन्धुलीस्थित खाल्टे अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्