‘छक्का पञ्जा’ को ट्रेलर सार्वजनिक



काठमाडाैं ।

‘छ एकान छ’ तथा ‘वडा नम्बर छ’ निर्माण गरिसकेकाको दीपकराज गिरी तथा दीपाश्री निरौलाको समुहले निर्माण गरेको तेस्रो चलचित्र ‘छक्का पञ्जा’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छोटो समयमै दर्शकले मन पराएका छन् ।

हास्य दृष्यले भरिएको चलचित्रको ट्रेलरले प्रिमियर समारोहमा मात्रै होइन, युट्युबमा समेत प्रसंसा पाएको छ । मंगलबार बिहान प्रिमियर गरिएको प्रोमो बुधवार साँझसम्ममा १ लाख ६३ हजार पटक हेरिएको छ ।

दीपकराज गिरीको निर्माण तथा दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र ‘छक्का पञ्जा’ को ट्रेलरसँगै चलचित्रका दुई गीत पनि प्रदर्शन गरिएको थियो । चलचित्रका दुई मध्ये ‘पूर्व पश्चिम रेल…’ लोकप्रिय भैसकेको छ । करिव तीन मिनेट लामो ट्रेलरलाई हास्यप्रधान मात्र छैन, चलचित्रको विषयवस्तु वैदेशिक रोजगारीको पीडामा केन्द्रित छ भन्ने कुरालाई समेत उजागर गरेको छ ।

चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्नेबुढा’, बुद्धि तामाङ ‘हैट’, शिवहरी पौडेल, नम्रता लगायतले अभिनय गरेका छन् ।

यो चलचित्र भदौ २४ गते देशभर प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्