रामेछापमा एम्बुलेन्स किन्न जापानमा सांगीतिक कार्यक्रम



८ मंसिर, काठमाडौं ।
रामेछाप जिल्लामा अत्यावश्कीय सेवा एम्बुलेन्स किन्नको लागि रामेछाप जापान समाजले सांगीतिक कार्यक्रमको आयोजना गरेको छ । रामेछाप समाज जापानले अँग्रेजी नयाँ बर्ष २०१७ को पूर्व सन्ध्यामा आयोजना गर्न लागेको वृहत सांस्कृतिक कार्यक्रम मार्फत संकलन हुने रकमबाट रामेछाप जिल्लाको लागि एम्बुलेन्स खरिद गर्ने भएको छ ।

japan-ph-jpg-1

राजधानी टोकियोमा हुने सांगितिक कार्यक्रम डिसेम्बर ११ तारिख आईतवार गर्न लागिएको आयोजक संस्था रामेछाप जापान समाजका अध्यक्ष उत्तम श्रेष्ठले बताए । सांगीतिक कार्यक्रमको लागि चर्चित गायिका इन्दिरा जोशी सहित पप गायक अल्मोडा राना उप्रेती सहित हांस्यकलाकार मरिचमान श्रेष्ठ उर्फ बल्छी धुर्वे समेत जापान आउने भएको श्रेष्ठले बताए ।

उनका अनुसार कार्यक्रममा गायिकाहरु गीता सेन्चुरी, तारा प्रकाश लिम्बु, लोक गायिका पार्वती कार्की, गायक अमृत खाती तथा श्रीधरा अधिकारी, दर्शन लामा लगायतले प्रस्तुती राखिएको छ ।सामान्य तर्फ ३ हजार र विशेष व्यक्तिहरुको लागि भिआईपी टिकटको रुपमा १ मान अर्थात् १० हजार जापनी येन तोकिएको कार्यक्रमको नाम ‘रामेछाप सांगीतिक साँझ २०१६’ राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्