रामचन्द्र बोहराको ‘रामेछापमा भेट’ (भिडियो सहित)



९ मंसिर, काठमाडौं ।
नेपाली मौलिक गीत संगीत लोप हुँदै गएको बेला कलाकार रामचन्द्र बोहराले मौलिक शब्दहरुलाई संकलन गरेर ‘रामेछापमा भेट’ एल्बम ल्याएका छन् । रामेछाप गाविस तिल्पुङमा जन्मिएका बोहराले लोक सांगीतिक क्षेत्रमा मौलिकता दिनको लागि आफूले नयाँ गीत बजारमा ल्याएको बताएका छन् । प्रस्तुत गीतमा स्वर जनक लामा र कमला खड्काको रहेको छ भने यस गीतलाई लय सिर्जना दिपक सगर तिवारीले गरेका छन् ।

रामचन्द्र बोहराको आफ्नै जन्म भुमिप्रति समर्पित यस गीतमा शब्द सिर्जना भने रामचन्द्र बोहराले नै गरेका छन् । प्रस्तुत गीतको म्युजिक भिडियोलाई आफ्नै मौलिकता सहित गायत्री थापाले निर्देशन गरेकी छिन् । म्युजिक भिडियोमा अभिनय रामचन्द्र बोहरा र करिश्मा ढकालले गरेका हुन् भने कोरियोग्राफ रबिन थापाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्