कहिलेसम्म ताली बजाई रहने ?



पटक पटक मिठा मिठा सपना बाड्दै अनि त्यति नै पल्ट झुक्याउदै आईरहेका छेपारे नेताहरुको गुलियो कुरामा त्यति नै पटक ताली बजाउदै आएका हामी जनताले अझै कहिलेसम्म ताली बजाई रहने ? अब चाहिँ विचार पुर्याएर मात्र ताली बजाउनुपर्ने बेला आयो। गुलियो पोतेको विष दिदा उसलाई धन्यवाद दिदै मीठो मानी खाने बानी सुधार्ने बेला आयो अब किनकी कैयौं पटक भोगियो नि त विष कति घातक हुदोरैछ भनेर। यसो भन्दै गर्दा शतप्रतिशत नेता एउटै टोकरीमा भन्ने अर्थ चाहिँ नलागोस, कोही कोही अपवादमा पर्न सफल पनि होलान।

प्रतिक्रिया दिनुहोस्