सूर्य लामाको ‘निभ्न लागेको दियो’ (भिडियो सहित)



१८  पुस, काठमाडौं ।

उदयमान मोडल एव गीतकार सूर्य लामाको ‘निभ्न लागेको दियो’ बजारमा ल्याएका छन् । आफ्नै रचना र मोडलिङमा उनले आधुनिक गीत निभ्न लागेको दियो बजारमा ल्याएका हुन् ।विगत तीन बर्षदेखि मोडलिङ क्षेत्रमा सक्रिय लामाको गीतमा स्वर तथा संगीत राजकुमार तामाङले दिएका छन ।

रामेछाप जिल्ला खनियापानी गाविस रुपाकोटमा जन्मिएका लामा सानैदेखि गीत संगीत क्षेत्रमा रुचि राख्ने भएपनि तीन बर्ष अघिबाट मात्र सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् ।

लामाले बजारमा ल्याएको निभ्न लागेको दियोको म्युजिक भिडियोमा मोनिका दाहाल र सागर पुरी र स्वयंम लामाले अभियन गरेका छन् ।ग्रिन टच मिडिया प्रालिले बजारमा ल्याएको गीत निकै मर्मस्पर्सी रहेको छ ।

लामाले दर्जन भन्दा बढी गीतको रचना गरेपनि यो पहिलो गीत बजारमा आएका छन् । लामाको रचना रहेको ‘दिलमा यस्तो चोट दिएर गयो, जिन्दगीमा नभुल्ने कहानी छोडेर गयो’ गीतको रेकर्डिङ कार्य भइरहेको छ । यस गीतमा राजकुमार तामाङकै स्वर र संगीत रहेको छ ।

सूर्य लामाले यस अघि ‘नेपाल आमा’ (स्वदेशगान), तुङबा ह्याङला जिन्दगी (तामाङ गीत) मा अभियन गरिसकेका छन् । लामाले सांगीतिक क्षेत्रमा नै केही गर्ने उदेश्य लिएको बताएका छन् । उनले भने–गीत संगीतको क्षेत्रमा केही गर्ने अठोट बोकेको छु ।’

प्रतिक्रिया दिनुहोस्