ऐतिहासिक रेकर्ड कायम गर्न सफल ‘छक्का पञ्जा’ यूटयूबमा रिलिज (पूरै चलचित्रसहित)



२९ पुस, काठमाडौं ।

प्रदर्शनको एक सय दिनको  ऐतिहासिक रेकर्ड कायम  गर्न सफल नेपाली चलचित्र ‘छक्का पञ्जा’ पाइरेसीमा परेपछि आधिकारिक रुपमै यूटयूबमा रिलिज गरिएको  छ । चलचित्र फेसबुकमा लिक भएपछि चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले फेसबुकमार्फत  आधिकारिक रुपमै चलचित्र यूट्युबमा रिलीज गरिएको जानकारी दिनुभएको हो । युरोपमा थुप्रै ठाउँमा चलचित्र प्रदर्शन गर्न बाँकी रहेका बेला पाइरेसीको चपेटमा परेपछि चलचित्र छक्का पन्जा लिएर युरोप पुगेको टोली भ्रमण छोट्याएर नेपाल आउने भएको छ । १६ करोड बढीको कारोबार गरेको फिल्म नेपाली बक्सअफिसको सर्वाधिक सफल चलचित्र हो । हाल युरोपमा रहेका कलाकार गिरी नेपाल आएपछि कानुनी प्रक्रियामा जाने हाफ्नो फेसबुक स्टाटसमा  उल्लेख गरेका छन् ।

इतिहासकै सर्बाधिक कमाउने चलचित्र छक्का पञ्जा हेर्नुभयो ? यहाँ हेर्नुस् (पूरै चलचित्रसहित)फेसबुकमा लिक भएपछि निर्माण पक्षले गर्यो युट्युवमा सार्बजनिक
शुक्रबार, २९ पुष २०७३

कलाकार दीपाश्री निरौलाले निर्देशन गरेको सुपरहिट नचलचित्र ‘छक्का पञ्जा’ फेसबुक मार्फत लिक भएपछि निर्माणपक्षले युट्युबमा सार्वजनिक गरेको छ । अर्जुनकुमार श्रेष्ठ भन्ने ब्यक्तिले फेसबुकमार्फत ‘छक्का पञ्जा’ सार्बजनिक गरेका थिए । नेपाली चलचित्र इतिहासमै सर्बाधिक कमाइ गरेको छक्का पञ्जाको प्रबर्धनमा यसका निर्माता तथा कलाकार दीपकराज गिरी र निर्देशक दीपा युरोप भ्रमणमा रहेका बेला चलचित्र लिक भएपछि उनीहरु भ्रमण छोट्याएर फर्कँदै छन् । गिरीले चलचित्र लिक गर्नेलाई कानुनी कारबाही गर्ने बताएका छन् । उनले चलचित्रको लिंक सेयर नगर्न आग्रह गरेका छन् । छक्का पञ्जाले १०१ औं दिन मनाएको थियो । बैदेशिक रोजगारले निम्त्याएको पारिवारिक विखण्डनलाई कथामा समेटिएको यस चलचित्रमा हास्य कलाकारहरु दीपकराज गिरी, शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ्ग, प्रियंका कार्की, वर्षा राउतलगायतका भूमिका देख्न सकिन्छ ।

दिपकराज गिरीले स्टाटसमा लेखेका छन–

छक्का पन्जा पाइरेसीको चपेटामा परेको छ
फिल्म लिएर यूरोप आएका हामि भ्रमण छोट्याउदै छौ …
थुप्रै ठॉउमा चलचित्र प्रदर्शन गर्न बॉकि रहेको थियो
केहि ब्यक्तिहरू प्रहरीको फन्दामा पनि छन्..
चलचित्र वा अन्य सृजनात्मक कृतिहरू अरूको सम्पत्ति हो.. यो प्राप्त भए पनि फेसबुकमा शेयर गर्नु अपराध हो भन्ने कुरा नबुझनेहरू समस्यामा पर्न सक्छन्
सम्भवत: भोलि सम्ममा आधिकारिक रूपमै यूटुबमा हेर्न पाउनु हुनेछ.. त्यसैले आधिकारिक रूपमै हेर्नु होला
चलचित्र प्राप्त भए पनि शेयर गर्न बाट बच्नु हुन अनुरोध गर्दछू
यसबाट जस जसलाइ ब्यबसायीक क्षति पूगेको छ
सबै संग क्षमा माग्छौ… आगामि दिनमा पाइरेसी गर्ने, गराउने गिरोह बिरूद्द सशक्त रूपमा अगाडि बढने प्रण पनि गर्दछौ…!!!

प्रतिक्रिया दिनुहोस्