म जहाँ भएपनि नेपाल र नेपालीकोे लागि काम गर्छुःटेरिया (भिडियो सहित)



काठमाडौं ।
टेरिया फाउण्डेशनकी संरक्षक तथा भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण हुने कार्यक्रम ‘झलक दिखला जा’को बिजेता टेरिया फौजा मगरले आफ्नो क्षमताले मात्रै बिजेता नबनेको बताएकी छिन् । उनले आफ्नो क्षमतासँगै नेपाल र नेपालीको साथ र सहयोगले सफल बनेको बताएकी हुन् ।
राजधानीमा शनिवार आयोजित्र कार्यक्रमपछि उनले भनिन,‘मेरो क्षमताले मात्र म सफल बनेकी होईन्, देश तथा बिदेशमा रहेका तमाम नेपालीहरूको भोटिङ्को अमुल्य सहयोगले म सफल भएकी हुँ। उनले फरक प्रसँगमा आफुलाई नेपालमा किन बस्दिनन् भनेर कुरा चलिरहेकोले आफू जहाँ भएपनि नेपालको काम गर्ने बताइन ।

उनले भनिन,‘म नेपालमा बसेर केही काम गरे भनें टेरिया नामले मात्रै चिनिन्छु, यदि म बाहिर बसेर सानो प्रगति गरें भने पनि नेपालकी टेरियाले यस्तो गरिन भनेर आउँछ, त्यसैले म जहाँ बसेपनि नेपाल र नेपालीहरुको लागि काम गर्नेछु।’बागेश्वरी कला केन्द्रका संस्थापक सुरेश सेन्चुरीले बागेश्वरी कला केन्द्रबाट नृत्य सिकेकी टेरियाले आज विश्वमा नेपालको नाम चिनाउन सफल भएकोमा खुशी व्यक्त गरे ।

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=DPLVVw_5y1w&feature=share

प्रतिक्रिया दिनुहोस्