‘सुस्ता घट्यो’ राष्ट्रिय भावले भरिएको गीतको (भिडियो )



द म्युजिक ग्यालरी काे प्रस्तुति सिमानामा काँडेतार अभियान्ता कवि तथा गीतकार विक्रम पवनकाे शब्दमा दुर्गा सिंह चेम्जोङकाे स्वर र राजकुमार तामाङ्गकाे संगीतमा राष्ट्रिय भावले ओतप्रोत गीत  सुस्ता घट्याे  म्युजिक नेपालबाट हालै युट्युबमा सार्वजनिक भएको छ ।

 

नेपालले गुमाएकाे अाफ्नाे भुमिलाई जाेगाउन सुरक्षामा खटिएका सिपाही र अाम देशभक्त नेपालीको कथालाई समेटिएकाे गीत हाे सुस्ता घट्याे । साे गीतकाे निर्देशन अहिलेका चर्चित युवा निर्देशक जीवन शाही हुन् भने लय संग्राैला, नवल खड्का, उत्तम के.सी., सुवास गजुरेल सारिका घिमिरे, अस्मिता खड्का, सनम कठायत, कवि रामगोपाल अाशुताेष यशाेदा नेपाली, निम्शे भुजेल, राज क्षितिज, पूर्व जर्नेल डा. प्रेम सिंह बस्नेत, सिमाविद् चेतन जंग हिमाली अादि लगायत कलाकारहरूले अभिनय गरेका छन् ।  । गीतकाे निर्माता जीवन खत्री हुन ।

प्रतिक्रिया दिनुहोस्