हिलेदेवीमा सांस्कृतिक कार्यक्रम (भिडियो सहित)



रामेछापको सुनापति गाउँपालिका–३ हिलेदेवीमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नयाँ नेपाल, नयाँ बिकास सेवा समाज हिलेदेवी रामेछापद्वारा आयोजित दशै सांगीतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

खचाखच दर्शकहरुले भरिएको कार्यक्रम स्थलमा चर्चित गायकहरु रोज मोक्तान, विजय लामा, अभिषेक तामाङ, जगत घिसिङ , मोडल सिर्जना तामाङ, गायक राजकुमार तामाङ , सेन्स योन्जन लगायतले मनोरञ्जन दिएका थिए ।
सुनपती गाउँपालिका वडा नं ३ हिलेदेविका वडा अध्यक्ष बाबुराम तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न कार्यक्रममा दर्शकहरुले भरपुर रमाइलो गरेका थिए ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस्