‘आयो वाम गठबन्धन’ बोलको चुनाबी गीत सार्वजनिक (भिडियो सहित)



काठमाडौं, कात्तिक १८ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपालले आसन्न मंसिरको निर्वाचनलाई लक्षित गर्दै चुनावी गीत सार्वजनिक गरेको छ ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाबमा लागि वाम गठबन्धनलाई अत्यधिक स्थानमा विजयी बनाउने उद्देश्यका साथ वाएसीएल नेपाल ‘आयो वाम गठबन्धन’ बोलको (सिंगारू र टप्पा) लयमा रहेको गीत शनिबार सार्वजनि गरेको हो ।

पूर्वमन्त्री शत्या पहाडीको शब्दमा रहेको उक्त गितमा किरणबाबु पुनले लय रहेको छ । त्यस्तै वाइसिएलका केन्द्रीय सदस्य तथा गायक नविन खड्का र टीका पुनले स्वर दिएका छन् ।

यस अघि चर्चित लोक गायक बद्री पंगेनीले पनि सै पनि वामपन्थी मै पनि वामपन्थी बोलको गीत बजारमा ल्याई सकेका छन ।

प्रतिक्रिया दिनुहोस्