अभियनमा चम्किदै जीवन खत्री (भिडियो)



२७ कात्तिक, काठमाडौं ।
अभियानमा आफ्नो पहिचान बनाएका जीवन खत्री पछिल्लो समय ‘म त हारेको मान्छे’ बोलको नेपाली आधुनिक गीतमा जीवन्त अभियान गरेर चर्चामा आएका छन् । गायत स्वरुराज आचार्यको स्वरमा सजिएको ‘म त हारेको मान्छे’ बोलको नेपाली आधुनिक गीत रिलिज भएको छ। जीवनको उतार चढाव प्रेम वियोग जीवन यात्रालाई समावेश गरिएको यो गीतको शब्द उत्तम खजुमको रहेको छ भनेसंगीतकार डिआर अटुटले दिएका छन् ।


भिडियोमा जीवनराज खत्री, जानवी बोहोरा र सृष्टि खड्काको अभिनय हेर्न सकिन्छ । भिडियोको छायांकन चक्र महर्जनले गरेका छन भने सम्पादन अर्जुन पोखरेल गरेका छन् ।
उत्तम खजुमका ‘अदम्य’ एल्बम भित्र समावेस गरिएको यो गीतको अडियो सिडिएम म्युजिक क्रीएसनको रहेको छ भने भिडियोलाई नेपाली आर्ट म्युजिक ग्यालेरीले युट्युब मार्फत बजारमा ल्याएको छ । अभियान क्षेत्रमा जम्दै आएका खत्रीले यस अघि पनि विभिन्न गीतहरुमा अभियन गरिसकेका छन् ।भिडियोको निर्देशन जीवन शाहीले गरेका छन् ।

 

https://www.youtube.com/watch?v=omCY5wMzzI4

प्रतिक्रिया दिनुहोस्