अरुण तमाङको नयाँ म्युजिक भिडियो सार्वजनिक



गायक अरुण तमाङको नयाँ गीत घर मेरो ओखलढुङ्गाको भिडियो सार्वजनिक भएको छ । भिन्न शैलीका गीतहरु निकाल्न सिपालु चर्चित गायक तथा संगीतकार अविषेक तामाङको संगीतमा गायक अरुण तामाङले नयाँ भिडियो हालै सार्वजनिक गरेको हो ।

भिडियोमा अभिनयमा मोडल सृजना तामाङ र सोनाम पाख्रिनले साथ दिएका छन् । साङगे लामा ब्लोनको शब्द र नोर्बु शेर्पाको एरेन्जरमा तयार भएको गीतमा चर्चित गायक तथा संगीतकार अविशेक तामाङको संगीत रहेको छ ।

सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोलाई सुशिल न्यौपानेले सम्पादन गरेका हुन् भने उत्सव दाहालले छायांकन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्