चम्पक गुरुङको ‘मेरो प्यारो रामेछाप’को म्युजिक भिडियो सार्वजनिक (भिडियाेसहित)



रामेछाप जिल्लाको विविध पक्षलाई समेटेर निर्माण गरिएको मेरो प्यारो रामेछापको गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको छ । रामेछाप जिल्लाको ऐतिहासिक, सांस्कृतिक धार्मिक एवं गाउँघरलाई समावेश गरीएको भिडियो सार्वजनिक भएको हो ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका १ दुरागाउँ निवासी युवा गीतकार चम्पक गुरुङ र विकास गुरुङले रामेछापको आठ वटै स्थानीय तहलाई समावेश गररे गीत निर्माण गर्नुभएको हो । गीतमा स्वरुपराज आचार्य र जुनु रिजालको  स्वर तथा फुलकुमार बम्जनको संगीत रहेको छ । विकास गुरुङ र नम्रता सापकोटाको अभिनय रहेको म्युजिक भिडियोको निर्देशन रमेशबाबा नेपालले गर्नुभएको हो ।

म्यूजिक भिडियो सर्बजनिक कार्यक्रममा रामेछापका प्रतिनिधिसभाका सांसद श्यामकुमार श्रेष्ठले रामेछापको विविध पक्षलाई समेटेर रचना गरीएको गीत र म्युजिक भिडियोले रामेछापको प्रचारप्रसारमा ठूलो योगदान दिने बताउनुभयो । उहाँले भन्नुभयो ‘रामेछापको बिम्बको रुपमा म्युजिक भिडियो आएको छ ।’

कार्यक्रममा पूर्व सभासदद्वय लक्ष्मी गुरुङ,आङटावा शेर्पा, युवा संघका केन्द्रीय सदस्य जयदेव गुरुङ,रामेछाप नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष केदार कार्की लगायतले शुभकामना दिनुभएको थियो । शुभकामना मन्तब्यका क्रममा उहाँहरुले गीत संगीतका माध्यमबाट जिल्लाको थप प्रचार प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

हेनुहाेस  भिडियाे 

प्रतिक्रिया दिनुहोस्