गायक सतशंकरले लिएर आए तीज गीत ‘रातो साडीले’ (भिडियो सहित)



लोक गायक मानबहादुर सतशंकरले तीज गीत ‘रातो साडीले’ बजारमा ल्याएका छन् । महिलाहरुको पर्व तीजलाई लक्षित गरेर गायक सतशंकरले तीज गीत ल्याएका हुन् । गीतमा सतशंकरको लय शब्द र स्वर रहेको गीतमा रातो साडीको बारेमा चर्चा गरिएको छ ।

गीतमा मानबहादुर सतशंकर र सरिता पन्थीको स्वर रहेको छ । गोर्खा चौतारी म्युजिक कम्पनीले बजारमा ल्याएको उक्त गीतमा मोडलको रुपमा सतशंकर र करिस्मा ढकालको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन शिशिर बुढाथोकीले गरेका छन् ।

विगत दस बर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेका सतशंकरले चार वटा गीत यस अघि बजारमा ल्याइसकेका छन् । ‘बाँध्यताले हुँदैछु परदेशी, रामेछाप, नखोज भाउ लगायतका गीत यस अघि आइसकेको छ । गायक सतशंकरले दशै गीत पनि रेकर्डिङ सम्पन्न भएर म्युजिक भिडियोको तयारीमा रहेको बताए । उनले आगामी दिनमा पनि लोक गीत संगीत क्षेत्रमा सक्रिय हुने बताए ।


रामेछाप दोरम्बा गाउँपालिका–६ लखनपुर रिठ्ठे सल्लेरीमा जन्मिएका गायक सतशंकर आगामी दिनमा रामेछापको विविध पक्षलाई समावेश गरेर नयाँ गीत ल्याउने सोच रहेको रामेछाप न्युजलाई बताए ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस्