‘कता गयो मेलम्ची, कता गुड्याे रेल ?’ (भिडियो सहित)



तिज नजिकिदै गर्दा तिजलाई लक्षित गर्दै विभिन्न गीतहरु बजारमा आउने क्रम बढेको छ । तिजको गीतमा नै सामाजिक रुपमा व्याङग्य गर्दै गीतहरु पनि बजारमा आउने गरेको छ । ‘कता गयो मेलम्ची’ बोलको गीतले यति बेला चर्चा बटुलेको छ । बर्षौदेखि मेलम्चीको पानी खाने आशा गरेर बसेका काठमाडौंवासीले अहिलेसम्म पनि मेलम्चीको पानी पिउन पाएका छैनन् । यसै विषयलाई व्याङग्य गरेर नकुल गौतमको शब्द तथा लयमा कता गयो मेलम्ची गीत बजारमा आएको छ ।

 

सावित्री जोशी,नेत्र प्रशाद ज्ञावाली र लोकेन्द्र चन्दकोको आवाजमा रहेको यो गीत बजारमा मेलम्चीको पानी नआएको, पानी जहाज र रेलको कुरामात्र गरिएको कुरालाई गीत मार्फत व्यङ्ग्य गरेको छ ।

भिमसेन अधिकारिको निर्देशन रहेको यस गीतको म्युजिक भिडियोमा हाँस्य कलाकार दमन रुपाखेती र निरु खड्का लगायतको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?time_continue=5&v=bTXt1LIcU_g

प्रतिक्रिया दिनुहोस्