गायक राज कुमार तामाङको ‘आमा’ भिडियो सार्वजनिक



संसारभरीका आमाहरुप्रती समर्पित तामाङ भाषाको मर्मस्पर्शी गीतको भिडियो हालै सार्वजनिक भएको छ। सर्जक राज कुमार तामाङको शब्द,सङ्गीत,स्वरमा सजिएको उक्त गीतको अडियो भिडियो निर्माता सन्जय योन्जन तामाङ रहेका छन भने गीतको एरेन्ज बुद्ध स्याङ्बाले गरेका छन।

डम्फु मिडियाको युट्युब च्यानलबाट सार्वजनिक भएको यो भिडियोलाई चर्चित नायकरनिर्देशक अमीर दोङले निर्देशन गरेका हुन भने प्रमुख भुमिकामा चर्चित नायिका चाँदनी मोक्तान, सन्जय योन्जन तामाङ र बुद्ध स्याङ्बा रहेको यो भिडियोलाई विक्रम मोक्तानले खिचेका हुन।अडियोले नै सबैको मन छुन सफल यो गीतको भिडियोले आम दर्शकरश्रोताको मन जित्ने कुरामा गायक राज कुमार तामाङ विश्वस्त छन।

 

प्रतिक्रिया दिनुहोस्