ह्रस्व दीर्घको सफलता पछि सामाजिक शिक्षा सिकाउने नयाँ तिहार गीत (भिडियो)



नेपाली व्याकरणको ह्रस्व दीर्घका नियमको सिकाउने गरि निकालेको गीत्ले ठूलो सफलता पाएपछि फेरी सामाजिक शिक्षा सिकाउने नयाँ गीत बजारमा आएको छ । सेप्टेम्बर ३, २०१८ मा ‘नेपाली व्याकरण’ शीर्षकमा सार्वजनिक भएको गीतलाई नेपाली भाषाका शिक्षक विमल घिमिरेले तयार पारेका हुन् भने शो गीत कम समयमा नै निकै भाइरल भएको थियो ।

एआइए स्कुल शंखमुलका प्रवन्ध निर्देशक समेत रहेका घिमिरेको परिकल्पना र शब्द, राजकुमार घिमिरेको लय अनि शारदा पराजुलीको आवाजमा तयार गीतमा ह्रस्व दीर्घका नियमलाई लयबद्ध ढंगले प्रस्तुत गरिएको थियो । त्यस्तै अहिले सोही एआइए स्कुलका प्रवन्ध निर्देशक घिमिरेको शब्दमा रहेको नयाँ तिहार गीत सार्वजनिक गरेका छन् जसले सामाजिक शिक्षा पढाउने छ । यस गीतमा शब्द संरचनाका लागि उनलाई साथ दिएका छन् खगेश्वर गिरी र कृष्ण प्रसाद गैरेले लेखेका छन् ।

संगीत राजकुमार (सरगन) घिमिरे रहेको छ भने कलाकारको रुपमा एआइए स्कुल परिवार रहेका छन् । प्राथमिकदेखि उच्च शिक्षा लिइरहेका समेतका लागि उपयोगी गीतलाई तिहारका देउसी भैलोको भाकामा तयार पारिएको छ । भिडियोको छायांकन स्कुल परिसरमै गरिएको छ ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस्