गायक सिंजम सिंजालीको ‘मेरो फरक नेपाल’ सार्वजनिक



काठमाडौं ।
रामेछाप  जिल्लामा  जन्मिएर बिगत एक दशकदेखि नेपाली संगीतिक क्षेत्रमा सक्रिय गायक सिजम सिंजालीले गाएका राष्ट्र गीतहरुको संग्रह ‘जिबन्त ३ मेरो फरक नेपाल’ काठमाडौंमा विमोचन गरिएको छ । नेपाल मगर संघले आयोजना गरेको कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले एल्बम बिमोचन गरेका हुन् ।

विमोचन समारोहमा गायक सिंजालीलाई सम्मान समेत गरिएको थियो । राष्ट्र भाव उजागर गर्ने शैलीका गीतहरु गाउन रुचाउने गायक सिजम सिंजाली पर्यटन प्रबद्र्धन अभियानमा समेत लागेका छन् ।जिबन्त–३ एल्बममा गायकका आफ्नै शब्द र संगीत छ भने जता जाउमा बिक्रम थापाको संगीत समेत रहेको छ ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगर, मगर संघका अध्यक्ष नविन रोका मगर लगायतको सहभागीता रहेको थियो । गीतसंगीतको क्षेत्रमा क्रियाशिल सिंजाली पछिल्लो समय अग्लेश्वरी हिल्स विकासको अध्यक्ष समेत हुन् । पर्यटन प्रर्बद्धन गर्ने उदेश्यले रामेछापको तीन गाउँपालिकाको संगमस्थल अगेश्वरीमा चारैतिर फर्केको अग्लो बुद्धको प्रतिमा बनाउने अभियानमा जुटेका छन् । उनको नेपाल आमा हसाउने गीत चाँडै बजारमा ल्याउने तयारीमा जुटेका छन् ।

भिडियाे

प्रतिक्रिया दिनुहोस्