“दिनरात एकै नास तिम्रै मात्र याद.… ” आयो



रेडियोकर्मी तथा गीतकार सुर्य मोक्तानको नयाँ लोक पप गीत “दिनरात एकै नास तिम्रै मात्र यादआउछ”… नयाँ वर्ष २०७६ सालको आगमनसँगै सार्वजनिक भएको छ । यो भन्दा पहिले तामाङ भाषामा बनेका केहि चर्चित बदनाम ताजी चु जिन्दगी र राङलान गोङमा न्हेसी भ्रामा स्हुसेर खाबा तिल्दा जस्ता गीतहरु तामाङ भाषा प्रेमीहरुले अत्यन्तै मन पराई सकेका छन् । 

 दिनरात… बोलको यो गीतलाई रामेछाप जिल्ला सुनापती गाँउपालिका वडा नं. १ धारापानीका नयाँ प्रतिभावान गायक लालध्वोज मोक्तानले गाएका छन भने संगीत सोहि स्थानका रेडियोकर्मी, रचनाकार स्वयं सुर्य मोक्तानले भरेका छन् । यहि बैशाख १ गते तामाङ अनलाईन टिभि युट्युब च्यानलबाट सार्वजनिक गरिएको अडियो गीतमा बाबु तामाङ, घिसिङले सुन्दर म्युजिक एरेञ्ज गरेका छन भने दिपेश प्रधानले मिक्सिङ गरेका छन । सम्भवत छिट्टै यो गीतको म्युजिक भिडियो बनाउने कुरा गायक लालध्वोज मोक्तानले जानकारी दिएका छन 

प्रतिक्रिया दिनुहोस्