‘ह्वाम्सी एदा’ म्युजिक भिडियोमा जम्दै लामा (भिडियो)



रामेछाप सुनापती गाउँपालिका–३ हिलेदेवी डोक्माका हिरालाल लामा मोडलिङ उदायका छन् । ज्ञानदास दोङको मार्मिक शव्दमा रहेको ‘ह्वाम्सी एदा’ बोलको तामाङ गीतको भिडियोमा लामाले उत्कृष्ट अभियान गरेका छन् । म्युजिक भिडियोमा लामा र निराञ्जली जोडीले आकर्षक रुपमा अभियान देख्न सकिन्छ ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपमा उत्कृष्ट गन्तव्य प्रसिद्ध शैलुङ, सुनकोसी नदी र बिपी राजमार्ग आसपासको क्षेत्र समावेश गरेर निर्माण गरिएको म्युजिक भिडियोको गीतमा गीतमा स्वर निमा दोङ र जितु लोप्चनको रहेको छ ।

निमा दोङको नै संगीत रहेको गीतमा अजय स्याङ्तानले निर्देशन एवं कोरियोग्राफी गरेका छन् । गीतको सपना लामाले निर्माण गरेकी छिन् । हाइलाइट नेपालको अफिसियल युट्युब च्यानल मार्फत तामाङ मेलोडी गीत ह्वाम्सी एदा बजारमा आएको हो ।

म्युजिक भिडियोमा गीतसँगै आप्mनो गाउँ ठाउँलाई चिनाउने काम गरेको हिरालाल लामाले बताए । उनले आगामी दिनमा पनि मोडलिङ क्षेत्रलाई निरन्तरता दिने बताउदै आफ्नो गाउँ ठाउँको धर्म संस्कृतिको जर्गेना गर्ने गरी काम गर्ने बताए । लामाले यस अघि पनि करिब सात वटा भन्दा बढी म्युजिक भिडियोमा अभियन गरिसकेका छन् ।

भिडियाे

प्रतिक्रिया दिनुहोस्