चर्चा बटुल्दै ‘मुना पलायो’ (भिडियो)



काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष एवं लोक गायक राजेन्द्र कुमार कार्कीको नयाँ गीत ‘मुना पलायो’ ले लोकप्रियता बटुल्न सफल भएको छ ।

मिलन श्रेष्ठको निर्देशन रहेको उक्त गीतको म्युजिक भिडियोमा सिर्जु अधिकारी, सन्ध्या सानु, ओबी रायमाझी, सञ्जीव ठकुरी, जयराम गिरी र कल्याण कार्कीको र अभिनय रहेको छ । गीतमा राजेन्द्र कुमार कार्की, कुलेन्द्र बिक र मेलिना राईको स्वर रहेको छ ।

बिष्णु खत्रीले संगीत भरेको गीतमा ओमन राणाको नृत्य निर्देशन, सागर गौतमको छायांकन र रोशन धितालको सम्पादन गरेका हुन् ।
धेरै लोकप्रिय गीतहरु बजारमा ल्याइ स्रोता र दर्शकको अपार साथ पाउन सफल कलाकार राजेन्द्र कुमार कार्की विगत लामो समयदेखि संगीतिक क्षेत्रमा सक्रिय रहदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्