गायक रोज मोक्तानको ‘तरुनी’ सार्वजनिक (भिडियोसहित)



काठमाडाैं ।   गायक रोज मोक्तानको नयाँ लोकपप गीत तरुनी को म्युजिक भिडियो सार्वजनिक भएको छ । रोजकै शब्द संगीत र आवाज तयार भएको गीत तरुनीको भिडियोमा रोज मोक्तान निरन्जली लामा र नग्मा श्रेष्ठको अभिनय रहेको छ

कलकत्ते काइयोका हिट गायक रोज मोक्तानको ‘तरुनी’ गीत र भिडियो सार्वजनिक भएको छ । गायतक मोक्तान आफैले गीतको रचना गर्नुको साथै शब्दमा प्राण भर्नु भएको छ । नेपाली मौलिक ठेट शब्दहरु र त्यो अनुसारको संगीत अनि त्यसमा राखिने स्वरको समिश्रण पक्कै पनि सजिलो कार्य होइन । एउटा गीतको शब्द संगीत र आवाज तयार गरेर पनि धेरै सर्जकहरु ओझेल पर्ने गरेको धेरै सुनिने गरिन्छ ।

रामेछापको सुनापाती गाउँपालिका–५ खनियापानीस्थित भिरकोटमा जन्मनुभएका मोक्ताले २०४९ सालमा रेडियो नेपालबाट भ्वाइस टेस्ट पास गरेर गायन क्षेत्रमा प्रवेश गर्नुभएको थियो । ०५२ सालमा तामाङ भाषाको पहिलो एल्बमबाट औपचारिक गायन सुरु गर्नुभएका उहाँको नेपाली भाषाका एल्बम डब्फुरे, चेप्टे सुन, सम्धिनी, मौलिकता र तामाङ भाषाको र नेपाली गरी ११ वटा एल्बम बजारमा आइसकेको छ ।

नेपाली र तामाङ भाषाका चलचित्रका अलवा थुप्रै कलेक्सन एल्बममा समेत स्वर दिनुभएका मोक्तानले देश बिदेशका स्टेज कार्यक्रममा धेरै व्यस्त हुने गायकको सुचिमा रहनुभएको छ । झमझम स्टकोट‘, कलकत्ते काइयो‘,झिम्काइ देउ परेली‘, हेलम्बुको बजारमा,हिउ पर्यो फुरुरु‘,रातो रातो गाला,,आँखाको रमझम‘,यानी माया‘,लगायत करिब ५०० जति नेपाली र ५०० कै हाराहारीमा विभिन्न भाषामा गीत गाइसक्नुभएको छ । पहिलो पटक रोज मोक्तान च्यानलबाटै म्युजिक भिडियो सार्वजनिक भएको हो ।

भिडियाे 

प्रतिक्रिया दिनुहोस्