रामेछापका गायक रामकुमार कार्कीको नयाँ गीत ‘म त लाहुरे’ (भिडियो)



गीत मार्फत आफ्नो जन्मभूमि रामेछापलाई चिनाउदै आउनुभएका लोक गायक रामकुमार कार्कीको नयाँ लोक गीत ‘म त लाहुरे’ युटुब च्यालन मार्फत सार्वजनिक भएको छ । घर त मेरो रामेछाप जिल्ला, कोइली चरी, कालापानी हाम्रै हो जस्ता चर्चित गीत बजारमा ल्याइसक्नुभएका कार्कीले अर्को मौलिक गीत म त लाहुरे नयाँ गीत बजारमा आएको छ । राम कुमार पाैडेलको लय शब्द रहेको गीतमा स्वर रामकुमार कार्की र कमला खडकाको रहेको छ । म्युजिक भिडियोमा चर्चित मोडल अन्जली अधिकारीको मोडलिङ रहेको छ ।

भिडियाे

 

प्रतिक्रिया दिनुहोस्