रामेछाप निवासी अधिकारीको नयाँ गीत घुमन्ते फिरन्ते (भिडियो)



रामेछाप मन्थली नगरपालिका–१२ स्थायी घर भइ हाल अष्टेलियाको सिड्नीमा बस्दै आएका बविम अधिकारीको नयाँ गीत धुमन्ते फिरन्त सार्वजनिक भएको छ । आधा दर्जन बढी गीतको लिरिक्स लेखीसकेका अधिकारीले हालै घुमन्ते फिरन्ते सार्वजनिक गरेका हन् ।

घुमन्ते फिरन्तेमा लिरिक्स र संगीत अधिकारीको छ भने स्वर सागर पाण्डे र प्रताप दासको रहेको छ । म्युजिक भिडियोलाई युरेश गिरीले निर्देशन गरेका छन । अफिसियल पार्टनरमा युरेसाज प्रोडक्सन रहेको छ । गीत संगीत क्षेत्र मार्फत नै केही गर्ने उदेश्यको साथ घुमन्ते फिरेन्ते बजारमा ल्याएको अधिकारीले बताए । उनले भने,‘अष्ट्रेलियमा अध्ययन र कामबाट बचेको समय गीत संगीतलाई दिने गरेको छु ।’

भिडियाे

प्रतिक्रिया दिनुहोस्