गायक शिव परियारको पिउन सुरु गरेपछि…….



गायन क्षेत्रमा चर्चित एवं अब्बल गायकको रूपमा चिनिन्छन् शिव परियार । गायक परियारका अधिकांश गीत दर्शक–श्रोताले मन पराएका छन् ।
पछिल्लो समय गायक परियारको “पिउँदिन भन्दा भन्दै पिलायो साथीले” को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने शृङ्खलाको फेरी अर्को गीत “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” भन्ने बोल सहित इम्प्रेशन इन्टरटेनमेन्टले बजारमा ल्याएको छ । सोही गीतमा मनोरञ्जन उद्योगका सिद्ध हस्त नृत्य निर्देशक कविराज गहतराज र छायाङ्कन हरि हुमागाईँको संलग्नतामा अत्यन्त भव्यताका साथ क्लब प्लायाटिनममा गीतको छायाङ्कनको दृष्य देखाइएको छ । यस गीतमा नेपाली चलचित्रका लोकप्रिय नायक, पुष्प खड्काका साथमा टिकटक स्टार्स अञ्जलि लुइँटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहेको छ ।
मिडिया हब प्रा. लि. बाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिज गरिएको यो गितले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने निश्चित छ ।
महान् चार्ड वडा दशैैँको माहोललाई ध्यानमा राखेर खाने पिउने सम्बन्धी गीत भएको गायक परियारले जानकारी दिएका छन् । उनले दर्शकको माया र आर्सीवाद कै कारण यस गीतलाई लामो समयको प्रयास पछि बजारमा ल्याइएको बताए । उनले भने ् – हामीले रक्सीको विषयलाई लिएर गीत बनाएका हौ । रक्सी खानुपर्छ र रक्सी राम्रो हो भनेर सोही गीत ल्याएका होइनौँ । समग्र समाजमा भएका कुराहरूलाई गीतमा उतारेको र रक्सी खानेहरूकोलागी यही गीतले खुसीको माहौल बन्ने भएको हुनाले हामीले यर्थात कुरालाई थप ऊर्जा थप्नको लागी यो गीत ल्याएका छौँ । हाम्रो काम गर्ने टिम र धेरै मेहनत भएको हुनाले यस गीतलाई दर्शकहरूले सकारात्मक रूपमा लिएर मााया गरिदिनुहुन्छ भन्ने आशा गरेको छु ।
उनले कुराकानीको क्रममा भनेका छन् मैले आफूले रक्सी नपिएपनि सङ्गीतमा पिउने कोसिस गरिरहेको छु । पछिल्लो समयमा गायक परियारको धोकेबाज, माया विक्नी रहेछ, तड्पी तड्पी, नभेटी नभेटी, सुनको चन्द««मा लगायतका गीतहरूले सफलता प्राप्त गरेको छ ।

भिडियाे 

https://www.youtube.com/watch?v=1liCyUU6CS8

प्रतिक्रिया दिनुहोस्