गायक रामकुमार कार्कीले ल्याए ‘म त सानु रामेछापको’



१४ माघ, काठमाडौं ।
लोकदोहोरी गायक रामकुमार कार्कीले ‘म त सानु रामेछापको’ बोलको गीत बजारमा ल्याएका छन् । रामेछाप निवासी लोक दोहोरी गायक कार्कीले रामेछाप जिल्लाको प्रमुख स्थान, भूगोल, धार्मिक तथा पर्यटकीय स्थलहरुलाई समेटेर ‘म त सानु रामेछापको’ बोलको गीत बजारमा ल्याएका हुन् ।

‘म त सानु रामेछापको’ बोलको गीतको अडियो गायक कर्कीको आफ्नै यूट्यूव च्यालन रामकुमार कार्कीबाट सार्वजनिक गरेका छन् । दर्जनौ गीतमा आवाज दिइसकेका लोकदोहोरी गायक कार्कीले यसअघि ‘घर त मेरो रामेछाप जिल्ला’ बोलको गीतबाट निकै चर्चा बटुल्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
dVpgdUrXsMi5, ZsIh8F, QaaKzU79yJmUHrEO, yeaTio5O0A2P, 0gT0K4nxr0jHgU, dmLxVYQUV5KT, zm8zhYyeTgG9EFEU, JnRdzvY, p5vD6F, RScQTXmB0gK7Yhz