पक्की पुल मार्फत जोडिदै रामेछाप



vatule-pulll-jpg-1
भटौली खोलमा सञ्चालनमा आएको पुल ।

२४ कातिक, रामेछाप ।

पञ्चालयकालमा दुर्गम भएर पनि सुगम जिल्ला घोषणा भएको रामेछाप जिल्लामा विकासले विस्तारै गति लिन थालेको छ । राजधानी काठमाडौंबाट तामाकोशी र सुनकोसीमा निर्माण भएको पक्की पुल मार्फत यस अघि नै जिल्ला सदुरमुकाम मन्थलीलाई जोडेपनि जिल्लाका अधिकांश क्षेत्रमा पक्की पुल नहुँदा बर्षाको समय नागरिकहरु पैदाल हिडन बाँध्य भएका छन् ।

बिपी राजमार्गको खुर्कोटमा सिन्धुली–रामेछाप जोडने पुल सञ्चालनमा आएपछि रामेछापका बासिन्दालाई दोलखा सिन्धुपाल्चोक हुँदै घुमेर काठमाडौं जानु पर्ने झन्झट हटेको छ । राजधानी काठमाडौंबाट धुलिखेल, विपी राजमार्गको खुर्कोट हुँदै सदरमुकाम मन्थलीसम्म १ सय ४० किलोमिटर दुरी रहेको छ ।

खुर्कोटको पुल सञ्चालनमा आएपनि मन्थलीबाट राजधानी आवत जावत गर्नको लागि सहज भएको छ । रामेछाप जोडनको लागि सुरुमा दोलखाको तामाकोशीमा पुल निर्माण भएपनि सहज भएको थियो ।

tamakoshi-pull
मन्थलीको सदरमुकाम तामाकोसीमा सञ्चालमा आएको पुल ।

विकासका गतिमा विस्तारै अगाडि बढ्को रामेछापको क्षेत्र २ नम्बर क्षेत्रलाई जोडनको लागि सुनकोसीमा तीन निर्माण भएको खुर्कोट र सित्खाको पक्की पुल सञ्चालनमा आएको छ ।

सित्खाको पुल हालै सञ्चालमा आएको हो भने सिन्धुली काभ्रे र रामेछापको संगमस्थल खैरनीघाटमा पक्की पुल निर्माणधिन अवस्थामा छ ।

त्यसैगरी सित्खामा पुल सञ्चालनमा आएपछि भटौली हुँदै एक बर्ष अघि सदरमुकाम मन्थलीको तामाकोशीमा पनि पुल सञ्चालनमा आएपनि क्षेत्र नम्बर २ का बासिन्दाले यातायातमा सहज पुहँज पाएका छन् । रामेछाप र काभ्रेको चौरीखोलमा पुल निर्माणको लागि सर्भे भएपनि काम अगाडि बढ्न सकेको छैन् । मन्थलीको रणजोर खोलमा पनि पक्की पुल सञ्चालनमा आएको छ ।

khurkota-pull
रामेछाप–सिन्धुली जोडने खुर्कोटको पुल ।
sunakoshi-pull-2
बिपी राजमार्ग र रामेछापको भिरपानीमा सञ्चालमा आएको सित्खाको पुल ।

प्रतिक्रिया दिनुहोस्