कुहिरोले ढाकेपछिको अहा मन्थली !



रामेछापको सदरमुकाम मन्थली सधै धुलो र सुख्खाग्रस्त देखिन्छ । बर्षाको समयमा पनि पर्याप्त पानी नपर्दा यहाँका बासिन्दा चिन्तित भएका छन् । पानी नपर्दा जताततै सुख्खा छ ।

सदरमुकाम मन्थलीको किनारामा तामाकोशी बहने गरेपनि जमिन भने उराठ लाग्दो देखिदै आएको छ । तर असोज महिनाको मध्येमा भने मन्थली निकै मनमोहक दृष्य देखिएको छ ।

मन्थली आसपासको क्षेत्रमा कुहिरोले ढाकेपछि मन्थली आसपासको बस्तीको सुन्दरता हेर्न लायकको देखिन्थ्यो ।

पाँच फोटोमा हेर्नुहोस मन्थली 

तस्बीरः रत्नहरि ढुङगेलबाट

प्रतिक्रिया दिनुहोस्