सुनापती गाउँपालिकाको हिलेदेवीमा निर्माण भएको शेरपलिङ गुम्बाको उदघाटनमा जे देखियो (फोटोफिचर)



२६ चैत्र, रामेछाप ।
रामेछापको सुनापती गाउँपालिका–३ हिलेदेवीको आरुखर्कमा शेरपवलिङ् महायान बौद्ध धर्म अध्ययन केन्द्र गुम्बाको उदघाटन कार्य सम्पन्न भएको छ । बौद्ध धर्मको प्रबद्र्धन गर्नको लागि अध्ययन केन्द्रको निर्माण गरिएको हो ।
३९ लाख रुपैयाँको लगानीमा अध्ययन केन्द्र निर्माण कार्य सम्पन्न भएको शेरपलिङ महायान बौद्ध धर्म अध्ययन केन्द्र उपभोक्ता समितिका अध्यक्ष आले लामाले रामेछाप न्युजलाई बताए । एउटा हल र चार वटा कोठा रहेको अध्ययन केन्द्रलाई अध्ययन केन्द्रसँग धार्मिक पर्यटनको केन्द्र बनाउने उदेश्य रहेको लामाले बताए ।

नवनिर्मित शेरपलिङ महायान बौद्ध धर्म अध्ययन केन्द्र गुम्बाको गुरु क्याब्ज्ये शेछेन राब्ज्याम रिन्पोछेले उदघाटन गरेका छन् । कार्यक्रममा विभिन्न सांस्कृति कार्यक्रम हुनुको साथै तामाङ संस्कृति झल्किने विभिन्न कार्यक्रम प्रस्तुत गरिएको थियो ।

गुम्बा उदघाटनामा जे देखियो (फोटोफिचर)

प्रतिक्रिया दिनुहोस्