नेकपा रामेछापद्धारा वस्नेतलाई उम्मेदवार बनाउने निर्णय



२५ कार्तिक, रामेछाप ।
नेकपा रामेछापले मंसिर १४ गते हुने उप निर्वाचनको लागि उमाकुण्ड गाउँपालिका–५ प्रितिमा खाली रहेको वडा अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । नेकपा जिल्ला कमिटीले कार्यवहाक वडा अध्यक्ष कुल बहादुर बस्नेतलाई वडा अध्यक्षमा उठाउने निर्णय गरेको हो ।

सिफारिस भएका पाँच जना मध्ये वस्नेत जनतामाझ लोकप्रिय भएकाले वडा अध्यक्ष बनाउने निर्णय भएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले रामेछाप न्युजलाई बताउनुभयो । तत्कालिन वडा अध्यक्ष कुबेर खत्रीको गत बर्ष खनिधन भएपछि रित्त रहेको वडा अध्यक्षको लागि पुनः उप निर्वाचन हुन लागेको छ ।

प्रिति वडामा करिब १७ सय ४९ मतदाता रहेका छन् । वडा अध्यक्षमा उम्मेदवार बन्नुभएका कुलबहादुर बस्नेतले आफ्नो जित सुनिश्चित रहेको रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘जनताकै सेवामा खटिदै आएको छु, वडा अध्यक्षमा निर्वाचित भएपछि वडाको समृद्धिको लागि अहिले अगाडि सारेका योजनाहरु कार्यान्वयन गर्छु ।’ पार्टीले उम्मेदवार बनाउनु अघि नै कार्यवहाक वडा अध्यक्ष वस्नेतले वडा सदस्यबाट राजिनामा दिइसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्