गाउँपालिकाभित्र अनुमति विना स्वास्थ्य सामाग्री वितरण गर्न दिदैनौः अध्यक्ष लामा



२२ चैत्र, रामेछाप ।
सुनापती गाउँपालिकाले सम्भावित कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि अनुमति विना स्वास्थ्य सामाग्री वितरण गर्न नदिने निर्णय गरेको छ । संघ संस्थाले आफूखुसी भिड जम्मा गर्ने र घरघर गएर माक्स लगायतका सामाग्री वितरण गर्दा संक्रमणको जोखिम हुने निष्कर्ष सहित गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।


सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले गाउँपालिकाभित्र अनुमति विना कुनै पनि संघ संस्था र व्यक्तिले स्वास्थ्य सामाग्री वितरण गर्न नपाउने रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘सहयोगी दाताहरुले गाउँपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा आर्थिक सहयोग गर्न सक्नुहुनेछ, यो विपदको घडीमा सबै काम गाउँपालिकाले एकद्धार प्रणालीबाट अगाडि बढाउछ ।’

गाउँपालिकाले स्वास्थ्य सामाग्रीसँगै विदेशबाट आएका व्यक्तिहरुलाई निगरानीमा राखिएको बताउदै अध्यक्ष लामाले माक्स साबुन र सेनिटाइजर सबै घरघरमा पुर्याइसकेको जानकारी दिनुभयो । बिपतको अवस्थामा नागरिकलाई सहयोग गर्ने सहयोगी दाताहरुले अहिले अनावश्यक रुपमा गाउँगाउँमा जाने भन्दा पनि गाउँपालिका मार्फत नै जानुपर्ने बताउदै अधयक्ष लामाले गाउँपालिकाले स्वास्थ्य सामाग्री वितरण गर्ने टोली मार्फत मात्र बाडनु पर्ने बताउनुभयो । अध्यक्ष लामाले १५ हजार भन्दा बढी माक्स वितरण गरिसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्