नेकपा सचिवालय बैठकः प्रचण्डको कुर्सी फेरियो



२० वैशाक, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः कार्यकारी अध्यक्षको जिम्मेवारी पाउनुहुने भएको छ । भैसीपाटी गठबन्धनपछि असन्तुष्ट बन्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष प्रचण्डलाई अधिकार विहिन बनाउनुभएको थियो । पार्टी एकतापछि समान हैसियतमा बैठकको अध्यक्षता गर्ने भएपछि भैसीपाटी गठबन्धनपछि प्रचण्डको उक्त कुर्सी खोसिएको थियो ।

प्रधानमन्त्री निवास वालुवाटारमा जारी आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अध्यक्ष प्रचण्ड समान हैसियतमा बैठकको अध्यक्षता गर्नुभएको छ । शुक्रवार ओली प्रचण्डबीच भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्षको जिम्मेवारी लिन आग्रह गर्नुभएको थियो । लगत्तै आज यसअघि समान रुपमा नदेखिएका दुई अध्यक्ष समान रुपमा देखिएका छन् । तर पार्टीभित्र देखिएको आन्तरिक विवादको बारेमा भने अहिले छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्