पार्टीलाई एकताबद्ध बनाएर लैजानुको कुनै विकल्प छैनः मन्त्री ढुंगेल



२४ साउन, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टीका नेता एवं बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको बताउनुभएको छ । उहाँले पार्टीको विवाद समाधान गरेर थप सुदृढ एकताको साथ अगाडि बढनु पर्ने बताउनुभएको हो ।

पार्टी विभाजन गर्न नदिनको लागि शीर्ष नेतृत्वको महत्वपूर्ण जिम्मेवारी भएको बताउदै नेकपा रामेछापका सह–इन्चार्ज समेत रहनुभएका मन्त्री ढुंगेलले आम जनताको चाहना र भावना अनुसार नै पार्टी अगाडि बढनु पर्ने बताउनुभयो । ‘

केपी ओली नेतृत्वको सरकारले ऐतिहासिक काम गरेको छ, भारतले सरकारको विरोध गरिरहेको अवस्थामा पार्टीभित्रबाटै सरकारको विरोध हुनु राम्रो पक्ष होइन’,उहाँले भन्नुयभो,‘आन्तरिक विवाद तत्काल हल गरेर एकताबद्ध भएर अगाडि बढेमात्र अहिलेको प्राप्त उपलब्धिको रक्षा नर्ग सकिन्छ ।’
नेकपा खाँडादेवी गाउँ कमिटी–३ भिरपानीले विकास निर्माणको बारेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले विकास निर्माणमा पछाडि परेको रामेछाप अहिले तीब्र विकासको गतिमा अगाडि बढेको बताउनुभयो ।

कार्यक्रममा नेकपा रामेछापका सचिवालय सदस्य एवं खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ, नेकपा खाँडादेवी गाउँ कमिटीका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ, नेकपा खाँडादेवी गाउँकमिटी सचिवालय सदस्य एवं भिरपानीका वडा अध्यक्ष पुष्करकुमार कार्की लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्