दलितलाई मन्दिर प्रवेश गर्न नदिने पुजारीलाई कडा कारवाही हुन्छः डिएसपी ढुङगेल



२४ माघ, रामेछाप ।
रामेछाप जिल्ला बेताली–३ मा मन्दिरभित्र प्रवेश गरेर पुजा गरेको भन्दै दलितलाई पाँच हजार जरिवाना गर्ने पुजारीको विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । मन्दिरमा प्र्रवेश गरेर पुजा गरेको भन्दै पुजारीद्धय छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीको विरुद्ध पीडित कृष्णबहादुर विश्कर्माले उजरी दर्ता गराएका हुन् ।
बेतालीमा रहेको शेराकाली मन्दिरमा प्रवेश गरेर पुजा गर्ने क्रममा कृष्णबहादुर विश्वकर्मामाथि दलितले मन्दिर प्रवेश गरेको भन्दै पीडित विश्वकर्मालाई धम्की दिएर पुजारीद्धयले रुद्री पूजा गर्नको लागि पाँच हजार रुपैयाँ जरिवाना गरेको उजुरीमा उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी कुमुद ढुङगेलले पुजारीद्धयलाई कडा कारर्वाही हुने बताए । उनले रामेछाप न्युजसँग भने,‘पीडितले प्रहरी चौकी बेतालीमा उजुरी दिएपछि गाउँमा नै माफी माग्ने कुरा मलाई रिपोर्ट भएको थियो, दोषीलाई माफी मागेर छोडन सकिदैन, कानुन अनुसार कारवाही हुन्छ ।’ पीडित कृष्णबहादुर विश्वकर्माले न्याय पाउने विश्वास दिलाउदै उनले निवेदन सहित दोषीलाई सदरमुकाम मन्थली झिकाएको बताए । डिएसपी ढुङगेलले भने,‘काुननले नगर्नु भनेको काम गरेर पुजारीद्धयले निकै ठूलो गल्ती गरेका छन, अब उनीहरुलाई कानुनले तोक अनुसार कारवाही हुन्छ, कुनै छुट दिन सकिदैन, समाजमा विकृति भित्र्याउनेलाई माफी मागेर छोडन सकिदैन ।’

यस्तो छ कानुनी प्रावधानः
जातीय विभेदलाई अहिलेको संविधानले दण्डनीय मानेको छ । जातीय विभेद र छुवाछूतजन्य अपराध गर्नेलाई कानुन तः दण्ड गर्ने थुप्रै दफा उपदफा थपिएको छ । जातीय विभेद वा छुवाछूत ९कसुर र सजाय० ऐन २०६८ बमोजिम जातीय छुवाछूत गर्ने वा गराउने व्यक्तिलाई तीन महिना देखि तीन वर्षसम्म कैद वा एकहजारदेखि २५ हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ ।नेपालको संबिधान २०७२ को धारा २४ ले छुवाछुत विरुद्दको हकलाई मौलिक खको रुपमा परिभाषित गरेको छ ।
सरकारले मुलकलाई छुवाछुत मुक्त राष्ट्र घोसणा गरेको दश बर्ष पुगेको छ । नयाँ संबिधानमा दलित हक भनि मौलिक हकको रुपमा धार्रा ४० र जातीय भेदभाव तथा छुवाछुत विरुद्दको हक भनि धार्रा २४ मा उल्लेख गरिएको छ ।मुलुकी ऐन २०२० मा भएको संसोधनले सबै भन्दा पहिले छुवाछुत र जातीय भेदभावलाई निषेध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्