घर बनाइसकेकालाई एकमुष्ट तीन लाख



७ फागुन, काठमाडौं ।
सरकारले भुकम्प पीडितले निर्माण गरेको भुकम्प प्रतिरोधी घरको लागि एकमपुष्ट तीन लाख रुपैयाँ अनुदान दिने भएका छ । अनुदान सम्झौता गरेर आफ्नै लगानीमा निर्माण गरेको भुकम्प प्रतिरोधी घरलाई एकमुष्ट तीन दल दिने भएको हो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलको संयोजकत्वमा सबेको कार्यकारी समितिको बैठकले एकमुष्ट रकम दिने निर्णय गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए ।

सरकारले घर पुनर्निर्माणका लागि तीन लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । सरकारको मुख नताकी घर बनाउनेहरुलाई मापदण्ड पुरा गरेको भए उक्त रकम वितरण गर्ने निर्णय गरेको प्रवक्ता भुसालले रामेछाप न्युजलाई बताए । अनुदान रकम लिनका लागि लाभग्राहीहरुले आयोजना कार्यान्वयन इकाई वा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट खटिएका प्राधिकरणको सुपरीवेक्षबाट प्रमाणि पुरा गराउनुपर्ने छ । उनका प्राधिकरणका अनुसार झन्डै ४० हजार परिवारले सरकारको अनुदान नपर्खि घर बनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्