प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित



२३ जेठ, काठमाडौं ।
प्रधानमन्त्रीको निर्वाचनबाट कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । आज भएको संसदको प्रधानमन्त्रीको निर्वाचन देउवाले ३८८ ल्याएर विजयी भएका हुन् । प्रधानमन्त्रीमा एक मात्र उम्मेदवार रहेका देउवाको विरुद्ध प्रमुख प्रतिपक्ष दल एमालेले उम्मेदवारी नदिए पनि विपक्षमा मतदान गरेको थियो । विपक्षमा १७० मत परेको थियो ।

 

एमाले नेतृत्व सहितको विपक्ष गठबन्धनले विपक्षमा मतदान गरेका थिए । कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमति अनुसार जेठ १० गते प्रधानमन्त्री पदबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजिनामा दिएका थिए । प्रचण्डले राजिना दिए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिन राजनीतिक दलरुलाई राष्ट्रिय सहमतिको सरकार गठन गर्न दिएको समयभित्र पनि सहमति जुटन नसकेपछि ४० औं प्रधानमन्त्रीको रुपमा देउवा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्