रामेछापबाट २ हजार मेगावाट जलविद्युत !



२३ असार, काठमाडौं ।
रामेछामा जलविद्युतको सम्भवना र चुनौतीको बारेमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग अन्तरक्रिया कार्यक्रम हुने भएको छ । रामेछाप–काठमाडौं पत्रकार समाजले आयोजना गरेको नेपालमा जलविद्युतको सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा देशभरको साथै रामेछापबाट उत्पादन हुने झण्डै २ हजार मेगावाट जलविद्युत आयोजनाको बारेमा बहस हुने भएको छ ।


कार्यक्रममा विशेषगरी रामेछापवासीको सहभागीता हुनेछ । रामेछापको तामाकोसी, सुनकोसी, लिखु खिम्ती, चौरीखोला लगायतका नदी र खोलाबाट उत्पादन हुने जलविद्युत आयोजनाको बारेमा अन्तरक्रिया कार्यक्रम गर्न लागिएको रामेछाप काठमाडौं पत्रकार समाजका अध्यक्ष मधुसुदन रायमाझीले जानकारी दिए । उनले भने,‘हामीले विशेषगरी रामेछापको विकास र समृद्ध बनाउने उदेश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छौं ।’


रामेछाप पत्रकार समाजलय यसअघि जेठ २८ गते रामेछापको ८ स्थानीय तहमा विजयी हुने प्रमुख र उपप्रमुखसँग रामेछापको विकास कसरी गर्ने भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
पछिल्लो तथ्याङक अनुसार रामेछापका विभिन्न नदी र खोलाबाट २ हजार मेगावाट भन्दा बढी जलविद्युत उत्पादन हुनेछ । प्राधिकरणले सुनकोसी तेस्रो, खिम्ती लगायतका स्थानमा जलाशाययुक्त जलविद्युत आयोजना अगाडि बढाउनको लागि अध्ययन गरिरहेका छ ।

प्रतिक्रिया दिनुहोस्