कान्छारामको प्रतिस्पर्धा टेन्डरसँग हो,बाम गठबन्धनसँग होइनः श्रेष्ठ (भिडियो सहित)



२५ कात्तिक, काठमाडौं ।
रामेछापको प्रतिनिधिसभाका लागि बाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोटिलब्यूरो सदस्य श्याम कुमार श्रेष्ठले बाम गठबन्धनले नै रामेछापको समृद्धि गर्ने बताएका छन् । कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार कान्छारामसँग चुनावी प्रतिस्पर्धा नहुने बताउदै उम्मेदवार श्रेष्ठले भने,‘कान्छारामको प्रतिस्पर्धा टेन्डरमा हुन्छ, बाम गठन्धनसँग होइन ।’


रामेछाप–काठमाडौं संयुक्त जन सम्पर्क सम्पर्क मञ्चद्धारा राजधानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू धनी भएर राज्य मन्त्री नभएको बताए । उनले रामेछापवासीको त्याग र मायाको कारणले नै आफू यो ठाउँसम्म आइपुगेको बताउदै आगामी निर्वाचनमा पनि अत्याधिक मतदान गरेर विजयी गराउने आग्रह गरे ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस्