विदेश गएका युवालाई गाउँमा फर्काएर रोजगारी दिन्छुः वडा अध्यक्ष मगर



स्थानीय तहमा जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेको करिब एक बर्ष पुग्न लागेको छ । सडक निर्माण, विद्युत, खानेपानी लगायतकै आधारभूत आवश्यकता पूरा गर्ने कर्यमा जनप्रतिनिधि लागेका छन् । जनप्रतिनिधिहरुले गर्नुपर्ने मुख्य काम रोजगारी सृजनाको काम पनि प्रभावकारी रुपमा अगाडि बढन सकेको छैन् । जनप्रतिनिधिहरुले आफ्नो गाउँपालिका, नगरपालिका र वडालाई समृद्ध र नमूना बनाउने भनेका छन् । तर त्यो अनुसार काम अगाडि बढाउन सकिरहेका छैनन् । सीमित स्रोत साधनले धेरै अपेक्षा पूरा गर्न नसकेको निष्कर्षमा जनप्रतिनिधिहरु पुगेका छन् । दोरम्बा गाउँपालिकाले समृद्धिको मुख्य आधार कृषि र पर्यटनलाई बनाएको छ । सोही नीति र लक्ष्यको साथ काम पनि अगाडि बढाएको छ । यसै विषयमा दोरम्बा गाउँपालिका–४ गौश्वराका वडा अध्यक्ष चन्द्र बहादुर मगरसँग वडालाई समृद्ध बनाउने योजना के छ ? भन्ने विषयमा रामेछाप न्युजले गरेको कुराकानीः–

 

चन्द्र बहादुर मगर वडा अध्यक्ष, दोरम्बा गाउँपालिका–४ गौश्वारा

 

निर्वाचन हुनु अगाडिको गाउँ र तपाई निर्वाचित भएर आएपछिको गाउँमा के फरक बनाउनु भयो ?
–झण्डै दुई दशकदेखि स्थानीय तहमा जनप्रतिनिधि विहीन थिए । हामीले स्थानीय तहमा जिम्मेवारी सम्हालेको झण्डै एक बर्ष पुग्न लाग्यो । जनताले पाउने सेवा र सुविधामा हामीले प्राथमिकता दिएका छौं । घरघरमा पुगेर नै सिफारिस दिइएका छौं । जनप्रतिनिधिहरु आएपछि जनताहरु खुसी छन् ।
निर्वाचनमा जे प्रतिबद्धता गनुुभएको थियो । त्यो अनुसार काम गर्न सक्नुभएको छ कि छैन ?
–मैले निर्वाचको क्रममा आदरणीय मतदातालाई भनेको थिए–म नसक्ने बाचा र प्रतिबद्धता गर्दिन । मैले निर्वाचनको क्रममा गौश्वरालाई स्वीजरल्याण्ड बनाउछु भनेको थिइन । निर्वाचनमा गरेको बाचा अनुसार स्वास्थ्य क्षेत्रमा सुधार, शिक्षा क्षेत्रमा सुधार, टोलटोलमा सडक, हरेक घरमा विद्युत र खानेपानी पु¥याउने प्रतिबद्धता व्यक्त गरेको थिए । जुन प्रतिबद्धता अनुसार वडाको विकास गर्ने कार्यमा म अगाडि बढेको छु । मैले प्रतिबद्धता गरे अनुसार एम्बुलेन्स वितरण गर्न सकेको छैन् । त्यो पनि निकट भविष्यमा नै पूरा गर्छु । विगतमा गौश्वारामा नकरात्मक काम भयो होला । तर अब समृद्ध र सभ्य गौश्वारा निर्माणमा लाग्छौ । गौश्वारालाई परिवर्तन गर्ने अभियानमा मन बचन र कर्मबाट लागेको छु ।
वडाभित्र सडक खानेपानी, विद्युत र स्वास्थ्यको क्षेत्रमा के–के काम गर्दै हुनुहुन्छ ?
–वडाको सबै क्षेत्रमा सडक पुगेको छ । सबै ठाउँमा गाडी सञ्चालन हुँदैन । आगामी दिनमा हिउद बर्षा नै सञ्चालन गर्ने गरी स्तरउन्ततीको लागि काम गर्छु । घरघरमा खानेपानीको व्यवस्था गर्न नसकेपनि टोलटोलमा खानेपानीको धारा पु¥याउने योजना अगाडि सारेको छु । गौश्वारामा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छु । विगतमा विकट र दुर्गम भनेर चिनिने गरेको थियो । दर्गमबाट सुगम बनाउनु योजना सहित अगाडि बढेको छु । वडाभित्र खानेपाीको स्रोत छ । तर बजेटको कारण निर्माण गरेको धाराहरु सञ्चालन गर्न सकेको छैन् । आगामी बर्षमा गाउँपालिकामा प्रत्येक घरघरमा खानेपानीको धारा पु¥याउछु । प्रदेश सरकार र केन्द्र सरकारसँग पहल गरेर सहज रुपमा खानेपानीको व्यवस्था हुन्छ । वडाका सबै क्षेत्रमा विद्युतीकरण भएको छ । विजुलीको पोल काठको भएको कारण केही समस्या छ । पचास प्रतिशत काठको पोल छ । त्यसको विस्तापित गरेको फलामको पोल हाल्न पहल गरिरहेको छु ।
सामाजिक विकृत पनि समाज निर्माणको बाधकको रुपमा देखिदै आएको छ । जाँड रक्सी र जुवातास नियन्त्रण गर्नको लागि के योजना बनाउनुभएको छ ?
–जाड रक्सी बढी मात्रामा खाने गौश्वारा । कुनै बेलामा नकारात्मक काम गर्ने भन्ने पनि गौश्वारा । तीन प्रतिशत पनि शिक्षा हालिस नगरेको गौश्वारा । भनेर चिनिने गरेको थियो । मैले गौश्वारलाई समृद्ध बनाउछु भनेर निर्वाचनमा प्रतिबद्धता गरेको थिए । गौश्वारा भूगोलमा ठूलो छ । एउटा मात्र स्वास्थ चौकीले नपुगेपछि अहिले भाङगेटार स्वास्थ्य चौकी स्थापना गरिएको छ । शिक्षाको कमी, छ महिना मात्र खान पुग्ने समस्याको कारण पनि युवाहरु विदेशिएका छन् ।
कृषि क्षेत्रको सुधार गर्नको लागि के पहल गरिरहनुभएको छ ?
–गौश्वारा कृषिको उर्वरभूमि हो । सैलुङ्गसँग जोडिएको वडा पनि हो । उब्जनी हुने ठाउँ हो । आलु, बिबी खेती यहाँको मुख्य आम्दानीको स्रोत हो । अहिले अधिकाशं युवाहरु रोजगारीको अभावमा विदेश पलायन भएका छन् । विदेशिएका युवाहरुलाई स्वदेशमा फर्काउने गरी योजना निर्माण गरिरहेको छौ । कृषि क्षेत्रमा युवाहरुलाई आर्कषण गर्नको लागि सहुलियतमा ऋण उपलब्ध गराउने । वडाभित्र बन्दा, काउली लगायतको तरकारी राम्रो उत्पादन हुन्छ ।

बाख्रापालनको दृष्टिकोणले पनि राम्रो ठाउँ छ । विगतमा जसरी परम्परागत रुपमा खेतीपाती हुँदै आएको थियो । अब आधुनिक र वैज्ञानिक ढंगबाट कृषि खेतीको सुरुवात गरिन्छ । अब वडाभित्र कुन ठाउँमा के उत्पादन हुन्छ ? भन्ने विषयमा माटो परीक्षण गरेर प्राविधिकको सल्लाह बमोजिम नै खेतीपाती गर्ने अभियान अगाडि बढाउछौ । अहिले मुढेको आलु भनेर परिचित छ । आलु चाहीँ डडुवामा उत्पादन हुन्छ ।

अब रामेछाप दोरम्बा गाउँपालिकाको आलु हो भनेर पहिचान दिनुपर्छ । युवाहरु सक्रिय भएर कृषि क्षेत्रमा लाग्नु पर्छ । कृषि क्षेत्रमा लाग्नको लागि अभियान नै अगाडि बढाउने योजना बनाएको छु । कृषिले मात्र समृद्ध र सुन्दर गौश्वारा बनाउन सहयोग पु¥याउछ । अब गाउँघरमा जाड रक्सी र युवातास नियन्त्रण गरेर सभ्य समाज निर्माणको अभियान अगाडि बढाइएको छ । शिक्षालाई जोड दिने । कृषि क्षेत्रबाट नै सुधार गर्ने मुख्य लक्ष्य राखिएको छ । विदेशिएका आधा भन्दा बढी युवाहरुलाई स्वदेश फर्किने वातावरण सृजना गर्ने ।

पैसा कमाउनको लागि विदेश नै जानु पर्दैन । सबैलाई एकै पटक सकिदैन । आधा विदेशका युवालाई गाउँघरमा नै रोजगारी सृजना गरिन्छ । युवा विदेशिदा मन रुन्छ । ज्यानलाई बाजी राखेर दुई चार पैसा कमाउन विदेशिएका छन् । उहाँहरुलाई पनि आफ्नो परिवारसँग बस्ने कति इच्छा छ होला ? तर पनि बाँध्यताको कारण विदेश गएका छन् । गाउँघरमा नै रोजगार सृजना गर्ने काम अब वडा नै हो । आलु खेती, किबी खेती बाख्रा पालन गर्ने अवस्था सृजना गरेको अवस्थामा गौश्वाराको मुहार फेर्न सकिन्छ ।

यदी व्यक्तिको जग्गा पुग्दैन भने सार्वजनिक जग्गा पनि लिजमा लिएर पनि काम गर्नेको लागि व्यवस्थापन गर्न सकिन्छ । कानुन अनुसार लिजमा लिएर काम गर्न सकिने र त्यो बापत गाउँपालिकालाई कर दिनुपर्छ । विदेश जानबाट रोक्न अभियान नै चलाउछौ ।

प्रतिक्रिया दिनुहोस्