महिलाको सक्रियतामा भिरकोटमा बन्यो गाउँघर क्लिनिक



२२ वैशाख, रामेछाप ।
सुनापति गाउँपालिका–५ खनियापानीस्थित भिरकोटमा स्थानीय महिलाको सक्रियतामा गाउँघर क्लिनिक सञ्चालनमा आएको छ । प्राथमिक उपचारको लागि पनि घण्टौ घाउने पर्ने समस्या हटाउदै महिलाको सक्रियतामा भिरकोटमा दुई कोठे गाउँघर क्लिनिक निर्माण भएको हो ।

सामुदायिक विकास समाज (सिडिएस) स्थानीयवासीको आर्थिक सहयोगमा भवन निर्माण भएको सुनापति गाउँपालिका–५ का वडा अध्यक्ष ठूलोकान्छा तामाङले रामेछाप न्युजलाई बताए ।
नवनिर्मित भवनको उदघाटन गर्दै सुनापति गाउँपालिकाकी उपाध्यक्ष गिता विष्टले सबै नागकिरहरुलाई सहज रुपमा स्वास्थ्य सेवा पुर्याउने कार्यमा आफूहरु लागि रहेको बताइन ।

‘गाउँपालिकाभित्र सबैले सहज रुपमा स्वास्थ्य सेवा उपभोग गर्न पाउछु पर्छ’, उनले भनिन,‘गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थालाई स्रोत र साधनले सम्पन्न बनाउदै आवश्यक क्षेत्रमा सेवा विस्तार गर्दै जान्छौ ।’
सामुदायिक विकास समाज (सिडिएस) रामेछापका कार्यकारी निर्देशक मिलन घिसिङले भिरकोटका महिलाहरुको आग्रह अनुसार भवन निर्माणमा सहयोग गरेको बताए । उनले भने,‘भवन निर्माण भएको छ, सिडिएसले पनि स्वास्थ्यकर्मी पठाएर सहयोग गर्छ ।’

गाउँघर क्लिनिक नियमित रुपमा सञ्चालन गर्नको लागि तत्काल स्वास्थ्य चौकीमा रहेका अनमीलाई खटाउने तयारी गाउँपालिकाले गरेको छ । वडा अध्यक्ष तामाङले भने,‘स्थानीयले निकै मेहनत गरेर सञ्चालनमा ल्याएको क्लिनिक नियमित रुपमा सञ्चालनमा ल्याउन एक जना अनमी राख्छौ, यो विषयमा गाउँपालिकाले निर्णय गर्छ ।’
पिएसएफ जर्मनको आर्थिक सहयोग, सिडिएसको समन्वय र स्थानीयको सक्रियतमा गाउँघर क्लिनिक सञ्चालनमा आएको हो । भवन निर्माणको लागि स्थानीय डम्बर बहादुर विकले साढे दुई आना र दिर्घबहादुर श्रेष्ठले पाँच आना जग्गा निशुल्क रुपमा उपलब्ध गराएका थिए ।

गाउँघरमा नै भवन निर्माण भएर स्वास्थ्य सेवा पाइने भएपछि भिरकोटवासी खुसी भएका छन् । स्थानीयले तत्काल स्वास्थ्यकर्मी उपलब्ध गराएर सेवा दिन गाउँपालिकासँग माग गरेका छन् । सिडिएसको करिब सात लाख र स्थानीयले तीन लाख चन्दा संकलन गरी दस लाख रुपैयाँमा भवन निर्माण भएको हो । भवन निर्माणनार्थ संकलन गरिएका मध्ये बाँकी रहेको ६८ हजार रुपैयाँ भने स्थानीयले कोष खडा गरेर राखेका छन् ।
क्लिनिकमा वडाभित्र रहेको स्वास्थ्य चौकीबाट औषधी उपलब्ध गराउने तयारी गरेको बताउदै वडा अध्यक्ष तामाङले जनतालाई सेवा दिने गरी नियमित रुपमा सञ्चालन गर्न भूमिका खेल्ने बताए । वडाभित्र रहेको स्वास्थ्य चौकीमा जानको लागि घण्टौ हिडनु पर्ने बाँध्यता हटाउन गाउँघर क्लिनिकले सहयोग पुगेको स्थानीय इलकसिंह ग्याबकले बताए ।
भवन निर्माणमा सहयोग पुर्याउने सिडिएसका कार्यकारी निर्देशक मिलन घिसिङ,जग्गादाता, समाजसेवी र चन्दादातालाई सहयोग गरिएको थियो ।

भवन बनाउने कसले कति सहयोग गरे ? नामावली सहित

प्रतिक्रिया दिनुहोस्