रामेछाप नगरपालिकाको बजेट ५७ करोड ४५ लाख



२३ असार, रामेछाप ।
रामेछाप नगरपालिकाले आर्थिक बर्ष २०७५÷०७६ का लागि ५७ करोडको बजेट प्रस्तुत गरेको छ । रामेछाप नगरपालिकाले ५७ करोड ४५ लाख ७६ हजार रुपैयाँको बजेट तथा निती र कार्यक्रम प्रस्तुत गरेको हो । शनिबार आयोजित नगर सभामा रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले रामेछाप नगरपालिकाको बजेट एवं नीति तथा कार्यक्रम प्रस्तुत गरे ।


कृषि पर्यटन ,सडक खानेपानी हाम्रो पुर्वाधार ,रामेछाप नगर विकासको दिगो आधार भन्ने मुल लक्ष्य रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्