रामेछापमा आज विद्युत अवरुद्धः अब जिल्लामा माग अनुसारको विद्युत पाइने



२५ कार्तिक, रामेछाप ।
रामेछापको मन्थली सवस्टेशनबाट विद्युत प्रवाह हुने विद्युत आज अवरुद्ध हुने भएको छ । मन्थली सबस्टेसनबाट प्रवाह हुने विद्युत आज राती १० बजेसम्म अवरुद्ध हुने भएको हो । मन्थली सवस्टेशनमा रहेको ३ एमभिए. पावर ट्रान्सफर्मर परिवर्तन गरी ६र ८ एमभिए. पावर ट्रान्सफर्मर जडान गरिने राती १० बजे सम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्र मन्थलीका प्रमुख विनोद अधिकारीले बताउनुभयो ।
मन्थली वितरण केन्द्रबाट प्रवाह हुने रामेछाप नगरपालिका, लिखु तामाकोशी गाउँपालिका,मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिकाको गाल्वा सम्म र ओखलढुङ्गाको केही ठाउँहरुमा अवरुद्ध हुने उहाँले जानकारी दिनुभयो । यस अघि मन्थली सवस्टेनबाट विद्युत प्रवाह हुने सुनपाती र दोरम्बा गाउँपालिकामा भने मन्थलीको सवस्टेशन तयार नभए सम्मका लागि अर्को स्टेशनबाट विद्युत प्रवाह हुने गरी व्यवस्था मिलाईको छ ।

गोकुलगंगा र उमाकुण्ड गाउँपालिकामा जिरी सवस्टेशनबाट विद्युत प्रवाह भइरहेकाले त्यस क्षेत्रमा विद्युत अवरुद्ध नहुने बताउदै अधिकारीले अब जिल्ला माग बमोजिमको विद्युत प्रवाह हुने बताउनभुयो । जिल्लामा विद्युतको माग अत्याधिक बढ्दै गएकाले ट्रान्सफर्मरको क्षमता बढाएर ग्राहकको आवश्यकता अनुसार विद्युत दिनको लागि नयाँ ट्रान्सफर्मर जडान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्