को हुन रामेछापबाट समानुपाति उम्मेदवार बनेकी लक्ष्मी गुरुङ ?



मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि चुनवाी महोल तातिएको छ । रामेछापमा राजनीतिक दलहरुले चुनावी अभियानलाई तीब्रता दिएका छन् । माओवादी केन्द्रबाट रामेछापबाट महिलातर्फको समानुपातिकितर्फको उम्मेदवार भएकी पूर्व सभाससद लक्ष्मी गुरुङ पनि बाम गठबन्धनलाई जिताउ चुनावी अभियानमा सक्रियतापूर्वक लागेकी छिन् ।

लक्ष्मी गुरूङ रामेछापको माओवादी आन्दोलनको एक जुझारू महिला नेतृ हुन् । उनले जनयुद्धको क्रममा आफ्नो जीवन साथी नेत्रकुमार श्रेष्ठ र सासु आमा चन्द्रमाया श्रेष्ठ समेत गुमाउएकी थिइन । गुरुङ शहीदहरूको सपना पुरा गर्न निरन्तर राजनीतिक आन्दोलनमा अविचलित भएर लागिरहेकी छिन् ।
देशको आमूल परिवर्तनका लागि टाउकामा कात्रो बाँधेर जनयुद्धमा होमिएका एक अथक योद्धा लक्ष्मी गुरूङको जन्म वि.स. २०३७ असोज ९ गते माता पम्फा गुरूङ र पिता झपड गुरूङको सुपुत्रीको रूपमा रामेछामको दुरागाउँमा भएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर गर्नुभएकी गुरूङले स्कुले जीवनदेखी नै राजनीति सुरू गरेकी थिइन । २०४७ सालमा स्ववियुको सदस्य हुँदै २०४९ सालमा गुरुङ त्रिपुरेश्वर माविको अध्यक्ष बनेकी थिइन । २०५० सालमा अनेरास्ववियुको निर्वाचित जिल्ला सह–सचिव, २०५५ मा नेकपा एमाले इलाका सदस्य नेकपा एमाले हुँदै माओवादीबाट राजनीतिक सुरु गरेकी थिइन ।
२०५६ सालमा नेकपा (माओवादी)को स–(एरिया सदस्यको जिम्मेवारी सम्हाल्दै २०५८ साद भदौबाट उनीँ ओखलढुङ्गा र रामेछाप कार्यक्षेत्र हुनेगरी भूमिगत भएकी थिइन । २०५८ सालमा माओवादी पार्टीको जिल्ला कमिटी सदस्य भएकी गुरूङ २०५९ सालमा जनकपुर–सगरमाथा व्युरोको तमु मोर्चाका संयोजक, २०६३ सालमा रामेछाप–ओखलढुङ्गा अनेमसंघ क्रान्तिकारीको जिल्ला सचिव, २०६४ मा माओवादी ताम्सालिङ राज्य कमिटी सदस्य र २०६४ सालमा संविधान सभाको सदस्यमा भएकी थिइन । २०७० सालमा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको महासचिव बनेकी गुरुङलाई पार्टीले २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा रामेछापको क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनाएको थियो ।

माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार गुरुङ भन्छिन–म पवित्र राजनीतिक उद्देश्यकासाथ शोषित, पीडित, अन्याय, अत्याचार, राजनीतिक र सामाजिक रूपमा विभेदमा परेका जनताका अधिकारको पक्षमा सधै डटेर लडिरहने छु । संविधानमा लिपिबद्ध भएका जाति, जनजाति, क्षेत्रफ वर्ग, लिङ्गको अधिकारहरू सुनिश्चित गराउन र जनताका मौलिक अधिकार गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको लागि संविधानको कार्यान्वयनमा लागिरहने छु ।’
देशको शान्ति, समृद्धि, दिगो विकास र समाजवादी अर्थतन्त्रको लागि, नयाँ युगको नेपालीपनको समाजवाद निर्माणको लागि महान सहिदहरूले देखाएको बाटोमा अविचलित उनले प्रतिबद्धता छ । गुरुङसँग संविधान सभाको सदस्यमा रहेर चार वर्षसम्म काम गरेको अनुभव पनि छ ।

प्रतिक्रिया दिनुहोस्