अपर र उपल्लो खिम्ती जलविद्युत आयोजनमा ७ करोड ७५ लाखको आवेदन



२५ कार्तिक, काठमाडौं । रामेछाप र दोलखा जिल्लाको सीमाना हुँदै बहने खिम्ती खोलामा निर्माणाधिन उपल्लो खिम्ती र अपर खिम्ती जलविद्युत आयोजनाले स्थानीय प्रभावितहरुको लागि जारी गरेको शेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले ७ करोड ७५ लाखको आवेदन परेको छ ।

हिमालय उर्जा विकास कम्पनीले दोलखा र रामेछापको साथै काठमाडौंस्थित कम्पनीको कार्यालयबाट पनि शेयर हाल्न पाउने व्यवस्था गरेपछि शेयर हाल्नेको संख्या बढेको हो । उपल्लो खिम्ती १२ मेगावाट र अपर खिम्ती ७ मेगावाट जलविद्युत आयोजनामा रामेछाप र दोलखाका स्थानीय प्रभावित बासिन्दाले ९ करोड ९० लाख शेयर हाल्न पाउने गरी खुल्ला गरिएको थियो ।
हिमालय ऊर्जा विकास कम्पनीले रामेछाप र दोलखाका आयोजना प्रभावित बासिन्दाका लागि गत कात्तिक ६ गते देखि आवेदन खुला गरेको थियो । कार्तिक २० गतेसम्म लक्ष्य अनुसारको शेयर आवेदन नपरेपछि मंसिर ५ गतेसम्म शेयर हाल्न पाउने भएका छन् । कम्पनीले ९ करोड ९० लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरमा ९ लाख ९० हजार कित्ता आइपिओ जारी गरेको छ । ।

निजी क्षेत्रबाट प्रवद्धित हिमालय ऊर्जाले पहिलो चरणमा १० प्रतिशत साधारण शेयर बिक्री खुल्ला गरेको हो । बिक्री प्रबन्धको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।उक्त आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार ९ सय कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।

आयोजनाको अति प्रभावित क्षेत्र गोकुलगंगा गाउँपालिका वडा नंम्बर १ र जिरी नगरपालिका १ र २ का बासिन्दालाई ३ लख ९६ हजार कित्ता शेयर छुट्याएको छ । बाँकी ६० प्रतिशत अर्थात ५ लाख ९४ हजार कित्ता शेयर प्रभावित क्षेत्र गोकुलगंगा गाउँपालिकाको १ देखि ५ सम्म र जिरी नगरपालिकाको वडा नं ३ स्थानीयलाई बाँडफाँड गरिनेछ ।आयोजना प्रभावित स्थानियले हिमालय उर्जा विकासको आयोजना स्थल रामेछाप गोकुलगंगा– १, सिद्धार्थ बैंकको रामेछाप गोकुलगंगा शाखा, प्राईम कमर्शियल बैंक जिरी शाखा, सेञ्चुरी कमर्शियल बैंक जिरी शाखा र एनएमबि बैंक दोलखा किर्ने शाखा मार्फत आवेदन बुझाइरहेका छन् ।
हिलमालय यर्जा विकास कम्पनीका प्रबन्धक प्रकाश दुलालले अपेक्षा अनुसार नै स्थायीय प्रभावित क्षेत्रका बासिन्दाले शेयरको लागि आवेदन दिएको बताउनुभयो ।
प्रबन्धक दुलालले भन्नुभयो,‘स्थानीय प्रभावित बासिन्दाको लागि स्थानीय तहबाट नै शेयर हाल्न पाउने व्यवस्था गरेका छौ, काठमाडौंको तीनकुनेमा रहेको हिालय उर्जा विकास कम्पनीको लिमिटेडको कार्यालयबाट पनि स्थानीय प्रभावित बासिन्दाले शेयर हाल्न पाउने छन, हामीले कार्यालयबाट पनि सेवा सुरु गरेका छौ ।’

दोलखाको जिरी नगरपालिकामा सेन्चुरी बैंक र प्राइम कर्मर्सियल बैंक, किर्णेटारको एनएमबी बैंक, रामेछापको गोकुलगंगा गाउँपालिकाको रस्नालुमा सिद्धार्थ बैंक र साइट अपिस रहेको चुचुरेबाट नविल इभेष्टमेन्ट बैकिङ लमिटेडबाटको काउन्टर मार्फत शेयर हाल्न सक्ने व्यवस्था गरिएको छ ।
उहाँका अनुसार आयोजना प्रभावित बासिन्दालाई शेयर निष्काशन गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात १४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता साधारण शेयर निष्काशन गरिनेछ ।

हिमालय उर्जा विकास कम्पनी मार्फत ५ लाख ६५ हजार, सिद्धार्थ बैंक गोकुलगंगा रस्नालुबाट ८५ लाख, प्राईम कमर्शियल बैक जिरीबाट ३५ लाख,, सुञ्जुरी कमर्शियल बैक जिरीबाट २९ लाख,, एनएमबि बैंक किर्नेबाट ७० लाखको आवेदन परेको प्रबन्धक दुलालले रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार ९ करोड ९० लाख निष्कासन भएको मध्ये अहिलेसम्म ७ करोड ७५ लाख आवेदन परेको छ ।

नेपाल धितोपत्र बोर्डले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई शेयर जारी गर्ने क्रममा विद्युत प्रसारण लाइनबाट प्रभावित दोलखाको जिरी नगरपालिका–४ छुटन गएको हुँदा उक्ता वडालाई समेत आयोजना प्रभावित क्षेत्रमा समावेश गरी शेयर निष्काशन गर्ने निर्णय गरेको छ । हिालय उर्जा विकास कम्पनी र स्थानीयवासीले उक्त वडालाई थप्नु पर्ने माग बमोजिम धितोपत्र बार्डले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्